क्यानडाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक, नेपालले गुमायो २ विकेट



काठमाडौं । क्यानडाविरुद्धको सिरिजको पहिलो खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

भुर्तेलले ४६ बलको सामना गर्दै अर्धशतक बनाएका हुन् ।

नेपालले १६ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८८ रन बनाएर खेलिरहेको छ । भुर्तेल ५८ र भीम सार्की ८ रन बनाएर खेलिरहेका छन् ।

आशिफ शेख र रोहित पौडेल समान ८/८ रन बनाएर आउट भएका छन् ।


क्लिकमान्डु