नेपालमा पहिले थुन्ने अनि सुन्ने काम भयोः परिसंघ पूर्वअध्यक्ष शर्मा



काठमाडौं । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले नेपालमा कानुनी उपचार गर्दा सुरुवातमा नै प्रहरीले समातेर थुन्ने गरेको गुनासो गरेका छन् ।

विश्वमा नै व्यवसायीलाई कानूनी उपचार गर्दा आर्थिक जरिवाना गर्ने गरेको स्मरण गराउँदै नेपालमा भने सुरुवातमा नै प्रहरीले समातेर थुन्ने गरेको गुनासो गरे । उनले हिरासतमा थुन्ने काम अदालतको भएको बताउँदै नेपालमा पहिला थुन्ने अनी मात्रै सुन्ने काम भएको बताएका छन् ।

सँगै उनले पक्राउ पुर्जी जारी नै नगरी थुन्नु गलत भएको बताए ।

शर्माले कानूनी शासन स्थापित होस भन्ने चाहना रहेको बताउँदै सरकारले गरेको कामले व्यवसायीक वातावरणमा असर परेको शर्माको दाबी छ । विधिसम्बत काम गरेको छैन भने कानूनी प्रकृया पुर्याएर अघि बढ्नु पर्ने पनि उनको तर्क थियो ।

नेपालमा लगानी गर्नेलाई दुरुत्साहित हुने गरेको भन्दै उनले काम गरेर खानेलाई काम गर्ने वातावरण मिलाउन आग्रह गरे । नेपालमा सरकारको कामले नै उद्योगमा अल्पकालिन तथा दीर्घकालिन लगानी जुटन नसक्ने दाबी गरे ।


क्लिकमान्डु