द गभर्नर स्मोक वुड कास्क ह्विस्की १८० एमएलको प्याक सार्वजनिक, मूल्य कति ?


काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले द गभर्नर स्मोकवुड कास्क ह्विस्की ७५० एमएलको सफल सुरुवातपछि आफ्नो प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्दै द गभर्नर स्मोक वुड कास्क ह्विस्की १८० एमएलको प्याक सार्वजनिक गरेको छ ।

नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको परिष्कृत स्वाद र शिल्पकला अनुभव गर्न अझ सहज पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ, जुन परिवर्तनशील उपभोग अवसरहरूसँग पनि उपयुक्त छ ।

द गभर्नर स्मोकवुड कास्क ह्विस्की १० बर्स सम्म मच्योर गरिएको हाइल्याण्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको द गभर्नर ह्विस्कीले आफ्नो मूल दर्शन- ‘दुई प्रख्यात माल्ट, एक उत्कृष्ट ब्लेन्ड’लाई प्रतिबिम्बित गर्छ । हाइल्याण्ड र स्पेसाइड स्कच माल्ट विश्वका उत्कृष्ट माल्टहरूमध्ये मानिन्छन्, किनकि शताब्दीयौँको शिल्पकला र परम्पराले आकार दिएको असाधारण सन्तुलन, गहिराइ र स्थिर गुणस्तर यिनले प्रस्तुत गर्छन् ।

यी दुईले मिलेर स्कच ह्विस्कीको चरित्रको सर्वोच्च अभिव्यक्ति प्रतिनिधित्व गर्छन्। हाइल्याण्ड माल्टले गहिराइ र संरचना प्रदान गर्छ भने स्पेसाइड माल्टले स्मूथनेस र सन्तुलन थप्छ। स्मोकवुड कास्कमा तैयार गरिएको यस ह्विस्कीमा भ्यानिला, ओक र क्यारामेलका नोटहरूका साथ सौम्य स्मोक फ्लेभर अनुभव गर्न सकिन्छ ।

लन्चबारे टिप्पणी गर्दै, सागर डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ कारंजितले १८० एमएल प्याकले ब्रान्डको गुणस्तर र विशेषता कायम राख्दै उपभोक्ताका लागि अझ सहज पहुँच सुनिश्चित गर्ने बताए ।

द गभर्नर स्मोकवुड कास्क ह्विस्की (१८० एमएल) अब देशभर खुद्रा मूल्य ७४५ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सागर डिस्टिलरीले नेप्से बुल्स रेयर माल्ट ह्विस्की, रोयल ब्लू, म्याक्स, ग्रे वुल्फ, बेरीज एंड ब्लूज जस्ता ब्रान्डहरू उत्पादन र बिक्री गर्दै आएको छ ।