
काठमाडौं । कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ परेका छन् ।
बुधबार बेलुकी एटीएम तोडफोड गरिरहेको अवस्थामा ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई ललितपुर महानगर २३ धापाखेल बस्ने १८ वर्षीय सुनिल बिकलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।
प्रहरीले एटीएम तोडफोड भइरहेको गोप्य सूचना पाएपछि खोजी गरेको थियो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा प्रकाउ गरेको हो ।








प्रतिक्रिया