
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।
नाडाको पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम समयसम्म उप्रेतीको मात्रै उम्मेदवारी परेपछि उनी
नाडा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
२५ गतेका लागि तोकिएको निर्वाचन कार्यक्रमका लागि उम्मेदवारी दिने अन्तिम समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो ।
यस समयभित्र उप्रेतीको मात्रै उम्मेदवारी परेपछि नाडा अध्यक्षमा उनी निर्विरोध निर्वाचित भएका हुन् । उप्रेती नाडाको वर्तमान कार्यसमितिमा महासचिव थिए ।









प्रतिक्रिया