फागुनमा नवौं नेपाल फर्मा एक्सपो



काठमाडौं । नेपाल औषधी उत्पादक संघले आगामी फागुनमा नवौं फर्मा एक्सपो गर्ने भएको छ । संघले यो वर्ष भरतपुरमा फागुन २५ गतेदेखि २७ गतेसम्म यो एक्सपो आयोजना गर्न लागेको हो ।

एक्सपोमा औषधी, औषधीसम्बधी प्रविधि, कच्चा पदार्थ, प्रशोधन तथा निर्माण, प्याकेजिङ्ग, प्रयोगशाला, रेफ्रिजेरेसन, क्लिनरुम, इन्जिनियरिङ्ग, एयर फिल्टरलगायतका बिषयमा १ सय ५० भन्दा बढी स्टाल रहने व्यवस्था गरिएको छ ।

यो एक्सपो प्रत्येक २–२ बर्षमा आयोजना हुँदै आएको एक्सपोका संयोजक प्रभात रुंगटाले जानकारी दिए । उनका अनुसार औषधी व्यवस्था विभाग, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, फार्मेसी एशोसिएसन अफ नेपाल र नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एशोसिएसनको सहकार्यमा एक्सपोको आयोजना गरिएको हो ।

एक्सपोको ३० हजारभन्दा बढि अवलोकनकर्ताले अवलोकन गर्ने बताइएको छ ।


क्लिकमान्डु