प्रसाईंको कार्यक्रमा भाग लिन आएका महिलालाई युवा संघले मध्यरातमा होटलबाट लखेट्यो, चर्को आलोचना



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले मंसिर ७ गते आयोजना गरेको काठमाडौं केन्द्रित प्रदर्शनका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई एमालेको भ्रातृ संगठन युवा संघका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन् ।

सुत्ने तयारीमा रहेका महिलालाई प्रसाईंको भेलामा सहभागी हुन आएको भन्दै लेखेटिएको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको छ ।

‘दुर्गे प्रसादलाई फोन गर्नु त युवा संघले लघार्‍यो भनेर’ भन्दै सुत्ने तयारीमा रहेका युवा संघका कार्यकर्ताले होटबाटै लखेटेका हुन्।

‘तपाईं ७ गतेको कार्यक्रममा आउनुभएको हो, हेलो दिदीहरु ?’ भन्दै युवासंघका कार्यकर्ताले भनेको भिडियोमा सुन्न सकिन्छ भने जवाफमा महिलाले, ‘हामी जान्छौं हो जान्छौं । लुगालगाउन दिनुन’ भनेको सुन्न सकिन्छ ।

महिलाहरुले आफू सुत्ने क्रममा रहेको भन्दै लुगा लगाउन अनुनय गरेको भिडियोमा देखिन्छ। त्यसैगरी उनीहरु एकरात मात्रै बस्न दिन आग्रह गरिरहेका छन्।

महिलाहरु इटहरीबाट आएको भिडियोमा सुन्न सकिन्छ ।

‘देखाइदिन्छौं भन्दै आएको होइन ? देखाइदिन्छौं काठमान्डौंबाट हाम्रो ठाउँमा’ भन्दै युवा संघका कार्यकर्ताले धम्की दिएका थिए।

मध्यरातमा होटलमा सुत्ने तयारीमा रहेका प्रसाईं समर्थकलाई युवा संघका कार्यकर्ताले लखेटेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ । कतिपय एमालेका कार्यकर्ताहरुले समय युवा संघको यस्तो हर्कतको सामाजिक सञ्जालमार्फत बिरोध गरिरहेका छन् ।

लोकतन्त्रमा बिरोध गर्न पाउने तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको हनन गर्न खोजिएको भन्दै एमाले नेता महेश बस्नेत र युवा संघको आलोचना भइरहेको हो ।

प्रसाईं नेतृत्वको अभियान र युवा संघ दुवैले ७ गते राजधानीमा प्रदर्शनको आयोजना गरेका छन् । युवा संघले तीनकुने र प्रसाईंले बल्खुमा कार्यक्रम गर्दै छन् ।


क्लिकमान्डु