जनकपुरमा कात्तिक १७ गते भूमि लोक महोत्सव



जनकपुरधाम ।  मधेस प्रदेशको राजधानी जनकपुरधामलाई सांगितिक पर्यटनको प्रवर्धनमा योगदान पुर्‍याउनका लागि पहिलो पटक भूमि लोक महोत्सवको आयोजना हुने भएको छ ।

भूमि मिडियाका संस्थापक निर्देशक रञ्जन झाले पत्रकार सम्मेलन गर्दै आउँदो कात्तिक १७ गते शुक्रबार भूमि लोक महोत्सवको आयोजना गरिने बताएका हुन् । भूमि लोक महोत्सव जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना हुनेछ ।

सांगितिक क्षेत्रमा २५ वर्षदेखि आफ्नो पृथक् पहिचान बनाएका रञ्जन झा र कार्यक्रम व्यवस्थापनमा एक दशकदेखि सक्रिय रहेकी तृष्णासिंह भण्डारीको पहलकदमी र सक्रियतामा आयोजना हुन लागेको लोक महोत्सवमा ख्याति प्राप्त संगित साधकहरुलाई जनकपुरधाममा उपलब्ध गराइने भएको छ ।

महोत्सव अवधिभर मधेस र मिथिलाको झल्को दिने विभिन्न लोक झाँकी प्रदर्शन गरिनेछ भने विभिन्न स्टलसमेत राखिने आयोजकले जनाएको छ । महोत्सवमा अन्तर्राष्ट्रियस्तरका सांगितिक प्रस्तुति हुने संस्थापक निर्देशक झाले बताए ।


रवि धिताल