नेपालको चुच्चे नक्शालाई मान्यता नदिएसम्म प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जानु हुँदैनः ज्ञानेन्द्र शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले चीनले नेपालको चुच्चे नक्शालाई मान्यता दिएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जान मिल्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपालको चुच्चे नक्शा चीनले स्वीकार गरेमात्रै सो भ्रमणमा जान मिल्ने जिकिर गरे । अन्यथा प्रधानमन्त्री दाहालमाथि तत्कालिन मन्त्रीपरिषद् र संसदको शतप्रतिशत मतले पारित गरेको सो चुच्चे नक्शालाई अस्वीकार गरेको ठहर्ने उनको भनाई थियो ।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ प्रमुख सचेतक शाहीले चीनले नेपालको चुच्चे नक्शा सार्वजनिक नगर्दै सो देशको भ्रमणमा गए उनको राष्ट्रवादमाथि पनि प्रश्न उठने बताए ।

उनले भने, ‘चुच्चे नक्शा नेपाल सरकार, नेपालको शतप्रतिशत सांसदहरुले पारित गरेर गरेको चुच्चे नक्शा चाइनाको आधिकारिक नक्शाबाट हटाईसकेपछि प्रधानमन्त्रीले त्यो नक्शा सार्वजनिक नगर्दै चाइना भ्रमणमा जानु भनेको जुन त्यतिखेरको मन्त्रीपरिषद् र संसदले निर्णय गरेको चुच्चे नक्शा चाहीँ हाम्रो होइन भनेर स्वीकार गर्नु हो । त्यसकारण प्रधानमन्त्रीजीले यो कुरा नहुँदासम्म चीन भ्रमणमा जानु हुँदैन । काठमाडौंको मेयरले बहिष्कार गरेजसरी नै प्रधानमन्त्रीले पनि चीन भ्रमण बहिष्कार गर्नुपर्छ । यदि राष्ट्रवादी प्रधानमन्त्री हुनुहुन्छ भने । होइन सत्ता टिकाउनका लागि मात्रै त्यो खेल हो भने यसमा उहाँको सचिवालयले विज्ञप्ती निकाल्नु पर्छ ।’


क्लिकमान्डु