स्रोत नखुलेको ८ लाख ७५ हजारसहित एक जना पक्राउ



सिरहा । स्रोत नखुलेको करिब ९ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई रकमसहित नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट नेपालतर्फ आउँदै गर्दा साहलाई पक्राउ गरेको हो ।

प्रहरीले बा १२ प १६३७ नम्बरको मोरटसाइकलमा सवार साहको शरीरमा बेरेर राखिएको दुई लाख २० हजार र भारतीय रकम ४६ हजार १००, मोरटसाइकलमा लुकाएर राखेको ६ लाख गरी जम्मा ८ लाख ७५ हजार ७६० बरामद गरेको छ ।

साहलाई उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।


रवि धिताल