नेपाल रिपब्लिक मिडियाको सेयरमा आज पनि सकारात्मक सर्किट



काठमाडौं । घाटामा रहेको नेपाल रिपब्लिक मिडियाको सेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ ।

दोस्रो बजारमा आइतबारदेखि कारोबार सुरु भएको रिपब्लिक मिडियाको सेयरमा आज दोस्रो दिन पनि सर्किट लागेको हो ।

कम्पनीको सेयर आज पनि २७.५ रुपैयाँ बढेर ३०२.९ रुपैयाँ पुगेको छ । आज पनि म्युचुअल फन्डले नै धेरै सेयर बिक्री गरेका छन् ।

बजार ३.२१ अंकले घट्दा पनि कमाउने अन्य कम्पनीमा गोरखा फाइनान्स, स्वाभिमान लघुवित्त, रिभर फल्स पावर, ज्योति विकास बैंकलगायत छन् ।

आज ११६ कम्पनीको सेयर मूल्य बढ्दा १०० वटाको घटेको छ । कारोबार रकममा भने आज सामान्य वृद्धि भएको छ । आज २६७ कम्पनीको २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको हो ।


रवि धिताल