सिटिजन्स बैंकद्वारा काँडाघारीमा शाखा सञ्चालनमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको काँडाघारीमा शाखा सञ्चालनमा ल्याएको छ । जेठ १७ गते उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र सिटिजन्स बैंकको ३६ शाखा संचालनमा आएका छन् ।

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

साथै आधुनिक बैंकिंङ्ग प्रणालिलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले यस अघि नै कियोस्क, ई.के.वाई.सी।तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।


क्लिकमान्डु