१ करोड सम्मको कारोबार गर्नेले ४ महिनामा विवरण पेस गर्नु पर्ने



काठमाडौं । बार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले मासिक विवरण पेश नगर्नु पर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै साना व्यवसायीको कर तिर्ने लागत घटाउन प्रत्येक महिना मुल्य अभिवृद्धि कर सम्बन्धी जानकारी पेश गर्नु पर्ने व्यवस्था हटाउने घोषणा गरिएको हो ।

यो व्यवस्थाले प्रत्येक महिनाको २५ गतेसम्म मुल्य अभिवृद्धि कर सम्बन्धी विवरण बुझाउने व्यवस्था अन्त्य भएको छ ।


क्लिकमान्डु