निर्यातमा दिइने अनुदानको निरन्तरता, तीन महिनामा भुक्तानी हुने



काठमाडौं । सरकारले विभिन्न ३६ वस्तुहरुको निर्यातमा दिँदै आएको नगद अनुदानलाई निरन्तरता दिने भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरिरहेको आव २०८०/०८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।

आगामी आवको बजेटमा निर्यातमा दिइने अनुदानका लागि ९० करोड बिनियोजन गरिएको छ ।

त्यस्तै, सरकारले यो नगद अनुदान तीन महिना भित्रमा नै भुक्तानी हुने व्यवस्था पनि मिलाउने अर्थमन्त्री महतले बताए ।


क्लिकमान्डु