लगानी सम्मेलन २०८० मा आयोजना हुने, आईटी उद्योगलाई लचिलो नीति



काठमाडौं । सरकारले नेपालमा वैदेशिक लगानी भित्र्याउन सन् २०८० मा लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै प्रविधीमा आधारित उद्योगलाई लचिलो नीति लिँदै आगामी वर्ष लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेका हुन् ।

सरकारले बजेट मार्फत् प्रविधी उद्योगमा विदेशी न्यूनतम विदेशी लगानीको सीमा खारेज गरेको छ ।

यस्तै, नेपालमा दर्ता भएका कम्पनीले विदेशमा गरेको कारोबारको १० प्रतिशतसम्म सटही सुविधा दिने र प्रत्यक्ष वैदेशिक लगानी गरेका कम्पनीले फेरी नेपालमा लगानी विस्तार गर्न खाजेमा लगानीको स्वीकृत लिनु नपर्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु