भैंसेपाटी हाइटमा सिटी भ्यु पार्क इन आवास अपार्टमेन्ट बन्दै, मूल्य कति ?



काठमाडौं । डाउनटाउन हाउजिङ कम्पनीले भैंसेपाटी हाइटमा सिटी भ्यु पार्क इन आवास अपार्टमेन्ट बनाउने भएको छ । कम्पनीले भैंसेपाटीको हाइटमा २ रोपनी क्षेत्रफलमा अपार्टमेन्ट बनाउने भएको हो ।

रियल इस्टेट क्षेत्रमा प्रख्यात व्यवसायी अर्थात् कम्पनीको अध्यक्ष मीनमान श्रेष्ठले भैंसेपाटी हाइटमा नयाँ अपार्टमेन्ट आयोजना अगाडि बढाएका हुन् । उनका अनुसार भैंसेपाटीको हाइटमा लक्जरियस हाइराइज अपार्टमेन्ट बन्नेछ । अपार्टमेन्ट १२ तल्लाको निर्माण हुनेछ ।

कम्पनीले वान बीएचके, टु बीएचके र ३ बीएचके प्रकारका अपार्टमेन्ट निर्माण गर्ने जनाएको छ । कम्पनीले टाइप ए, टाइप बी, टाइप सी र टाइप डी गरी चार प्रकारका अपार्टमेन्ट निर्माण गर्नेछ ।

कम्पनीले टाइप ए अपार्टमेन्ट वान बीएचकेमा निर्माण गर्नेछ । उक्त युनिट ७२७.५० वर्गफिटमा बन्नेछ । टाइप एको युनिटमा एउटा बेडरुम, लिभिङ, डाइनिङ, किचन रुम र बाल्कोनीको व्यवस्था हुनेछ ।

त्यस्तै, टाइप बी प्रकारको अपार्टमेन्ट १६५७.४० वर्गफिटको थ्री बीएचकेमा बन्नेछ । सो अपार्टमेन्टम दुई वटा बेडरुम, एउटा मास्टर बेडरुम र लिभिङ, डाइनिङको व्यवस्था हुनेछ । त्यसमा दुई वटा बाल्कोनी र दुई वटा बाथरुमको सुविधा हुनेछ ।

त्यसैगरी, टाइप सीको अपार्टमेन्ट १६८१.९० वर्गफिटमा थ्री बीएचकेको बन्नेछ । उक्त युनिटमा दुई वटा बेडरुम, एउटा मास्टर बेडरुम, एउटा लिभिङ रुम, किचन र डाइनिङ तथा तीन वटा बाल्कोनीको सुविधा हुनेछ ।

टाइप डीको आपार्टमेन्ट १२५६.३० वर्गफिटको टु बीएचकेमा निर्माण हुनेछ । अपार्टमेन्टमा एउटा बेडरुम, एउटा मास्टर बेडरुम, एउटा लिभिङ रुम र तीनवटा बाल्कोनी निर्माण गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले निर्माण गरिरहेको अपार्टमेन्टको प्रति युनिटको मूल्य २ करोड रुपैयाँ र ३ करोड ५० लाख रुपैयाँ तोकिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार कम्पनीले अपार्टमेन्ट प्रकारको आधारमा प्रतियुनिटको मूल्य २ करोड र ३ करोड ५० लाख रुपैयाँ तोकिएको हो । कम्पनीले अपार्टमेन्टमा विभिन्न प्रकारका सेवा सुविधा दिने योजना बनाएको छ ।

अपार्टमेन्टमा स्मार्ट होमको फिचर हुनेछ । जसमा विद्युतीय गाडीका लागि चार्जिङ सुविधा हुनेछ । त्यस्तै, पानी प्रशोधन, ढल व्यवस्थापन र काठमाडौंको दृश्य देखिनेछ । कम्पनीमा २४सै घण्टा सीसीटीभी र सुरक्षा गार्डको व्यवस्था हुनेछ ।


क्लिकमान्डु