सिजी नेटको ग्राहक सेवा नम्बर परिवर्तन

168
Shares

काठमाडौं । सिजी नेटले ग्राहक सम्पर्कको लागि प्रयोग गर्दै आएको मोबाइल नम्बर परिवर्तन गरेको छ।

कम्पनीले ग्राहक सेवाका लागि प्रयोग गर्दै आएको नम्बर स्मार्ट टेलिकमको रहेको र उक्त कम्पनीबाट नै सेवा अवरुद्ध भएपछि नम्बर परिवर्तन गरेको हो।

कम्पनीले एक सूचना जारी गर्दै नयाँ नम्बर सार्वजनिक गरेको छ।

ग्राहक सेवाको लागि कम्‍पनीले नयाँ नम्बर ०१-५९७०११३ र ०१-५९७०११४ सार्वजनिक गरेको हो भने नेपाल टेलिकम प्रयोगकर्ताले टोलफ्री नम्बर १६६००११००१३ मार्फत् सिजी नेटसँग सम्पर्क गर्न सक्ने जनाएको छ।

यसभन्दा अघि सिजी नेटले ९८८०५८८८८८ नम्बरमार्फत् ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको थियो।

Skip This