महासंघको सञ्चार प्रविधि विकास समिति सभापतिमा शक्तिकुार बेगानी चयन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सञ्चार प्रविधि विकास समिति सभापतिमा शक्तिकुमार बेगानीलाई चयन गरेको छ । महासंघले वेगानीलाई आजै सभापति चयन गरेको हो ।

वेगानी ग्रुपका प्रबन्ध निर्देशक बेगानी दुई पटक महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भइसकेका छन् । उनी गणपति ज्वलेर्सका अध्यक्ष पनि हुन् । बेगानीले यसअघि महासंघको बैंक फाइनान्स तथा इन्स्योरेन्स समितिको उपसभापति भएर काम गरिसकेका छन् ।


क्लिकमान्डु