एफएनसीसीआईको पर्यटन तथा हवाई समितिमा देशबन्धु बस्नेत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समिति सभापतिमा देशबन्धु बस्नेत चयन भएका छन् । एबि होल्डिङका अध्यक्ष बस्नेतलाई आज महासंघले समितिको सभापति चयन गरेको हो ।
एबी होल्डिङले देशका विभिन्न स्थानमा होटल बनाइरहेको छ । काठमाडौंको सुकेधारामा तीन अर्ब लगानीमा पाँच तारे होटल नोभेम्बरदेखि सञ्चालनमा आउँदैछ । त्यस्तै इटहरीमा पाँच तारेस्तरकै होटल बनाइरहेको छ भने गोरखाको मनकामनामा एक अर्ब लगानीमा अर्को होटल बनिरहेको छ ।
पेसाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत हुन । उनी सार्क चेम्बर अफ कमर्समा कार्यसमिति सदस्य छन् ।
बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तर्गत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।