कामना सेवा विकास बैंकका ग्राहकलाई एरोजिन हेल्थ केयरमा ४५% सम्मको छुट



काठमाडौं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्च, विशालनगरबीच सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहक काठमाडौं, विशालनगरस्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा मा ४५% सम्मको छुट हुने छ ।

त्यस्तै स्किन केयरमा ३०% सम्म, डेन्टल केयरमा २०% सम्म, डे केयर (२४/७ नर्सिङ्ग केयर) मा १५% सम्म, फिजियोथेरापीमा ५%, ल्याब सेवामा २५% सम्मको आकर्षक छुटहरु प्राप्त गर्न सक्ने जनाएको छ ।


क्लिकमान्डु