![](https://clickmandu.com/wp-content/uploads/2023/05/Screen-Shot-2023-05-09-at-20.11.59-768x480.png)
काठमाडौं। टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन इभीको लङ रेन्जको नेक्सन इभी म्याक्स नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले आज राजधानी काठमाडौं कार्यक्रम कार्यक्रम गर्दै नेक्सनको नेक्सन इभी म्याक्स गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीले गाडीको मूल्य ४६ लाख ४९ हजार रूपैयाँ तोकेको छ । कम्पनीले तीन वटा रङमा गाडी सार्वजनिक गरेको हो । गाडीले एकपटकको फुल चार्जमा लगभग ४५३ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।
नेक्सन इभी म्याक्समा ठूलो ब्याट्री प्याक जडान गरिएको छ। साथै अरु केही नयाँ फिचरहरु पनि थप गरिएका छन् । वायरलेस मोबाइल चार्जिङको सुविधा पनि यसमा रहेको छ।
यसमा सबैभन्दा ठूलो परिवर्तन भनेको ४०।५ किलोवाट क्षमताको ब्याट्री प्याक छ। कम्पनीअनुसार गाडीमा शक्तिशाली क्षमताको ३।३ किलोवाटदेखि ७।२ किलोवाट एसी चार्जर विकल्प पनि उपलब्ध छ। जसमा ३।३ किलोवाट एसी चार्जरले ब्याट्री चार्ज गर्न लगभग १५(१६ घण्टा लाग्छ भने ७।२ किलोवाट क्षमताको एसी चार्जरले ब्याट्री चार्ज गर्न ५(६ घन्टा लाग्छ।
तर, फास्ट चार्जिङको अप्सन पनि यसमा छ जसले एक घन्टामै ब्याट्री फुल चार्ज हुनेछ। यसको लागि ५० किलोवाट क्षमताको डीसी फाष्ट चार्जर आवश्यक पर्दछ।
नयाँ नेक्सन इभीमा हालको मोडलभन्दा बढी फिचर्स हुने गरी अपडेट गरिएको छ। अपडेटेड आईसीई इन्जिन, एयर प्युरिफायर, भेन्टिलेटेड फ्रन्ट सिट लगायत यसमा उपलब्ध छ।
हालको नेक्सन इभीमा रहेको पार्किङ मोड र इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम ९ईएसपी० पनि यसमा समावेश गरिएको छ।
स्मार्टवाच एकीकरण र क्रूज नियन्त्रण पनि पाएको छ। कम्पनीले यो गाडीमा रहेको ब्याट्री र मोटरको लागि ८ वर्ष वा एक लाख ६० हजार किमी वारेन्टी दिएको छ। यसले एक अद्वितीय बेज इन्टेरियर थिम पाएको छ जुन स्ट्यान्डर्ड मोडेलमा मात्र उपलब्ध हुनेछ।
यसबाहेक, नेक्सन इभी म्याक्सले ४८ सुविधाहरू सहितको जी कनेक्ट २।० कनेक्टेड कार टेक्नोलोजी अपग्रेड गरेको छ। यसले सिंगल(पेडल ड्राइभिङमा मद्दत गर्ने उच्चतम रेजेन लेभलको साथमा ब्रेकिङका लागि चार रेजेन लेभलसहित मल्टी(मोड रेजेन पनि प्राप्त छ।
टाटा मोटर्सले एक अटो ब्रेक ल्याम्प थपेको छ जुन एक निश्चित स्तरमा पुगेपछि सक्रिय हुन्छ । जसले सडक प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा पछाडि चेतावनी दिन्छ।
टाटाको अहिले देशभर २३ वटा आउटलेट र २४ सेन्टर छन् ।साथै, १९ स्थानमा डीसी र २१ वटा स्थानमा एसी चार्जर छन् ।
प्रतिक्रिया