नेपालको राजनीति भ्रष्टाचारमा लिप्त छः अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन् ।

सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयु) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने बताए ।

उनले राजनीति मानिसका लागि घृणाको विषय बनेको बताए । उनाले नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाए । उनले भ्रष्टाचार, सहजरुपमा सेवा प्रवाह नगर्नु र जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराश मान्दै गएको बताए ।

उनले भने ‘हामी देशको राजनीतिलाई पनि राम्रो दिशामा लैजान चाहन्छौं । राजनीतिमा अनेकौँ फोहोर जमेको छ, त्यसलाई सफ गर्न चाहन्छौँ । राजनीति मानिसका लागि घृणाको विषय बनेको छ, किनभने विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ । यस बीचमा नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएको छ । नकारात्मक र निराशाजनक कुरामा जुध्नुपर्छ, पहिलो कारण भ्रष्टाचार हो, दोस्रो कारण सहज रुपमा सेवा प्रवाह नगर्ने प्रवृत्ति, तेस्रो जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्ति, चौथो हाम्रा सबै कामहरुले जनताको निम्ति परिणाम दिन नसक्नु । छिटो काम नहुने, रोजगारी प्रवद्र्धन नहुने, सीप नदिने, यस्ता समस्या देखिएका छन् ।’


क्लिकमान्डु