विश्वकै सबैभन्दा पहिलो मिनी क्याप्सुलसहित रियलमी सि ५५ नेपाली बजारमा, कति पर्छ मूल्य ?
काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीको सि सिरिजको लेटेस्ट् मोडल सि–५५ नेपाली बजारमा उपलब्ध भएको छ ।
६४ एमपिको क्यामरा र ३३ वाटको फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मूल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँ बेन्चमार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ । त्यस्तै स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स तथा कटिङ एज फिचरयुक्त यस सि ५५ स्टाइल र फंक्सनालिटी दुवै खोज्ने युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्ने पनि कम्पनीले दावी गरेको छ ।
लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘रियलमी सदैव आफ्ना उपभोक्ताहरुको लागि उनीहरूको जीवनशैली सुहाउँदो नवीनतम प्रविधियुक्त स्मार्टफोनहरु बनाउन प्रतिबद्ध छ । हाम्रो यसै प्रतिबद्धता अनुरुप हामीले नयाँ सी सिरिजका स्मार्टफोनहरूमा ब्रान्ड न्यु स्ट्राटेजिक अपग्रेड गरेका छौँ । जसअन्तर्गत हामीले हाम्रा उपभोक्ताहरुको लागि क्यामेरा, स्टोरज, चार्जिङ, र डिजाइन यी चारवटा मुख्य फिचरहरुमा व्यापक अपग्रेड गरेर सि सिरिजका फोनहरु बजारमा ल्याएका छौँ’ उनले भने ।
मुख्य विशेषताहरु
६४ एमपिको एआइ क्यामरा र ८ एमपिको सेल्फी क्यामरा
यसमा भएको सबैभन्दा मुख्य फिचर हो यसमा भएको क्यामरा, जुन ६४ एमपिको छ । जुन यो भन्दा अगाडिको कुनै पनि ब्रान्डको एन्ट्री लेभल सेग्मेन्टमा थिएन । त्यसैले क्यामराको मामलामा त यसको प्रतिस्पर्धी छैन नै भने पनि हुन्छ ।
साथै यसको क्यामरामा इख्टद्धद्य सेन्सर राखिएको छ जुन फ्ल्यागशिप लेभलको सेन्सर हो । त्यस्तै यसमा रियलमी एक्स्क्लुसिव स्ट्रिट फोटोग्राफि मोड राखिएको छ जुन यो भन्दा अगाडिको सि सिरिजहरुमा थिएन । यसको साथै डाइनामिक इमेज स्न्याप शट, स्ट्रिट फिल्टर, नाइन्टिज पप फिल्टर जस्ता फिचरहरु पनि यस क्यामरामा समावेश गरिएका छन् ।
सेल्फी क्यामराको कुरा गर्नुपर्दा यसमा यसमा ८ एमपिको लेन्स छ जसले १०८०पि को भिडियो रेकर्ड गर्न सक्छ । समग्रमा भन्नुपर्दा रियलमी सि ५५ को क्यामराले एकदमै हाइ क्वालिटीको तस्बिरहरु खिच्न सक्छ, जुन यो मूल्यका अरु स्मार्टफोनहरुको क्यामराले सक्दैन ।
३३ वाटको डार्ट चार्जिङ र ५००० एमएएच्को शक्तिशाली ब्याट्रि
त्यस्तै यसमा ५००० एमएएच्को शक्तिशाली ब्याट्रि राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ ।
जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले गर्दा यो युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्न सफल हुने आशा कम्पनीले गरेको छ ।
९० हर्जको फुल एच्डि प्लस डिस्प्ले र एन्ड्रोइड फोनहरुमै सबैभन्दा पहिलो मिनी क्याप्सुल
त्यस्तै अर्को मुख्य फिचर भनेको यसको ९० हर्जको फुल एच्डि प्लस डिस्प्ले हो जुन बजारमा उपलब्ध यो मूल्यका फोनहरुमा पाइने सबैभन्दा ठुलो डिस्प्ले हो । र एन्ड्रोइड फोनहरुमै सबैभन्दा पहिलो मिनी क्याप्सुल रहेकोले यो सि ५५ आफ्नो प्रतिस्पर्धी मोडलहरु भन्दा धेरै अगाडि छ । यति धेरै फिचरहरु भएर पनि यसको मोटाइ रहेको छ जम्मा ७.८९ एमएम जुन यो मूल्यमा उपलब्ध अरु फोनहरु मध्य सबैभन्दा स्लिम हो । चार्ज नोटिफिकेसन, डेटा युजेज नोटिफिकेसन र स्टेप नोटिफिकेसन गरी ३ वटा फंक्सनल सिनरियोहरु भएको यसको मिनी क्याप्सुलले प्रयोगकर्ताहरुलाई फ्ल्यागशिप लेभलकै फोन चलाएको महसुस हुन्छ ।
१२ एनएमको मेडियाटेक हेलियो जि ८८ चिपसेट
यसमा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ ।
६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ, भन्नाले मोबाइल तातिने समस्या कम हुन्छ । साथै यसमा भएको माली जि ५२ जिपियुको ग्राफिक्स प्रोसेसिङले गर्दाखेरी गेमिङ र मल्टीमिडियाको लागि पनि रियलमी सि ५५ उत्तिकै उपयुक्त छ । यसको एन्टुटु बेन्चमार्क स्कोर २७३,३६४ रहेको छ जसले प्रोसेसरको टप नच पर्फर्मेन्स झल्काउँछ ।
स्टोरेज र युआइ
स्टोरेजको कुरा गर्नुपर्दा यसमा ८ जिबिको र्याम र १६ जिबिको डाइनामिक र्याम रहेको छ जसले गर्दा ब्याकग्राउन्डमा २० वटा सम्म एपहरु बिना कुनै ल्याग चलाउन सकिन्छ । त्यस्तै सि सिरिजको यो पहिलो मोडल हो जुनमा युआइ ४.० राखिएको छ । यति धेरै आकर्षक फिचरहरु भएको यो फोन सन शावर र रेनी नाइट गरी दुईवटा आकर्षक रंगहरुमा उपलब्ध छ ।
६जिबि+६४जिबि स्टोरेज भएको सेटको मूल्य २१,९९९ राखिएको छ भने ८जिबि+१२८जिबि स्टोरेज भएको सेटको मूल्य २५,९९९ रुपैयाँ राखिएको कम्पनीले जनाएको छ ।