सेवा बन्द नगर्न स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन



काठमाडौं । स्मार्ट टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो सेवा बन्द नगर्न निर्देशन दिएको छ ।

मंगलबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले स्मार्ट टेलिकमको सेवा देशका विभिन्न स्थानमा चलेको भन्ने कुरा आएकाले सेवाग्राहीका लागि विना कुनै अवरोध सेवा दिन निर्देशन दिएको हो ।

प्राधिकरणले दूरसञ्चार सेवा अत्यावश्यक सेवा भएकाले अनुमति पत्र बहाल हुँदासम्म सेवा बन्द गर्न नपाइने भन्दै स्मार्ट टेलिकमलाई निर्देशन दिएको छ ।

स्मार्ट टेलिकमले आफ्नो सेवा सञ्चालनका लागि वैशाख २ सम्मको लाइसेन्स लिएको छ । तर, त्यसअघि नै स्मार्ट टेलिकम देशभरका विभिन्न स्थानमा नचलेको भन्दै सूचना आएको जनाउँदै प्राधिकरणले त्यसो नगर्न निर्देशन दिएको छ ।

प्राधिकरणले भनेको छ, ‘अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवाको अनुमतिपत्र बहाल रहँदासम्म सेवाग्राहीहरुले बिना कुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी दूरसञ्चार सेवा चुस्तक दुरुस्त रुपमा सञ्चालन गर्न श्री स्मार्ट टेलिकम प्रा.लि.लाई निर्देशन जारी गरिएको छ ।’


क्लिकमान्डु