नेपाली बजारमा रेड्मी १२ सी सार्वजनिक, कति पर्छ मूल्य?



काठमाडौं । शाओमीले रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रेड्मी १२ सी मिडियाटेक हिलियो जी ८५ प्रोसेसरद्वारा संचालित बजेट मैत्री स्मार्टफोन भएको कम्पनीले जनाएको छ । रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टता संगै सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन् जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । हामीले भर्खरै सार्वजनिक गरेको रेड्मी १२ सीले डिजाइनमा नयाँ स्तर ल्याएको छ । रेड्मी १२ सीस्मार्टफोनमा १२ सी मिडियाटेक हिलियो जी ८५ चिपसेटकासाथ साथै ५ हजार एमएएच ब्याट्री जडान गरिएको छ ।’

१२ सी मिडियाटेक हिलियो जी ८५ प्रोसेसरद्वारा संचालित, रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । ६ं५ जीबीसम्म विस्तारित र्‍याम र १ टिबी स्टोरेज एक्सटेन्सन भएको रेड्मी १२ सीले छिटो र छरितो हुनुका साथै उत्तरदायी प्रतिक्रिया प्रदान गर्दछ, यस संगै मनपर्ने भिडियो, फोटो, संगीत र खेलहरूका लागि पर्याप्त स्टोरेज पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

रेड्मीले शाओमी फ्यान फेस्टिभलको अवसरमा उत्कृष्ट अफरको पनि घोषणा गरेको छ । रेडमी १२ सीको कुनै पनि भेरीएन्टको खरिदमा चैत्र २३ देखि बैशाख १७ सम्म रु ५०० छुट पाउन सकिन्छ ।

रेड्मी १२ सीस् ३+३२ जीबी, ४+६४ जीबी, ६+१२८ जीबी गरि तीन स्टोरेज भेरियन्ट र तीन रंग ग्रेफैत ग्रे, ओचिएन ब्लू, ग्रीनमा उपलब्ध छ र यो फोनको मूल्य क्रमशः १३,४९९ ,१४,४९९ र १६,९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु