सीजीफिन्कोले मनायो २० औँ वार्षिकोत्सव



काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजीफिन्को प्रालिले स्थापनाको २० वर्ष पूरा गरेको छ ।

२०औँ वार्षिकोत्सव मनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजीफिन्कोका अध्यक्ष निर्वाण चौधरीले कम्पनीको सफलताको आधार आफूमाथि विश्वास गर्ने ग्राहकलाई जाने बताए ।

उक्तअवसरमा अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोशे ढुंगााको काम गरेको स्मरण गर्दैन नयाँ लगानी र महत्वपूर्ण निर्णयहरू गर्दा यस कम्पनीबाट आफूलाई प्रोत्साहन मिल्ने गरेको बताए ।

सीजीफिन्को आज नेपालमा वैदेशिक मुद्रा भित्र्याउने जिम्मेवारीमा अब्बल सावित हुँदै आएको र विदेशमा रहेकाहरुका लागि नेपालमा पैसा पठाउने भरपर्दो साथी बन्न सकेकोमा सन्तोष ब्यक्त गरे ।

‘सीजीफिन्कोले मेरोविजनेश करियरमाखास महत्व राख्छ। मलाई लाग्छ २०बर्षअघि सीजीफिन्कोको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र आजविप्रेषण उद्योग नेपालको कुलगार्हस्थ्यउत्पादनमा सबैभन्दा बढी योगदानदिने क्षेत्र बनेको छ’, चौधरीले भने ।

विदेशमा कामगर्ने नेपालीहरूकालागि नेपालमा पैसा पठाउने एक विश्वसनीय संस्था मात्र नभई सीजीफिन्कोले गैरकानूनी रूपमा हुने रकम हस्तान्तरण न्यूनीकरणमा पनि महत्वपूर्ण योगदान गरिरहेको उनले बताए ।

आगामी दिनमा सीजीफिन्को अझ सशक्त रुपमा विप्रेषण सेवालाई सजिलो र भरपर्दो बनाउन प्रतिबद्ध रहेको उनले बताए ।

२००३ मा स्थापित सीजीफिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियन मनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ । देशभर १०० ओटा आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिले चार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवा दिँदै आएको छ ।


क्लिकमान्डु