कामना सेवा विकास बैंकका सीईओ बस्नेतसहित ४ जना छुटे



काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित ४ जनालाई प्रहरीले हाजिरी जमानीमा छुटेका छन् ।

इलाका प्रहरी कार्यालय दमककाअनुसार सीईओ बस्नेतसहित चन्द्रबहादुर थापा, वीरेन्द्र सिंह भण्डारी र हरेन्द्र दाहाललाई हाजिरी जमानीमा छोडिएको हो ।

प्रहरीका अनुसार उनीहरुको बयान सकिएपछि सबै जनालाई बिहीबार छोडेको हो । प्रहरीले आवश्यक ठानेर बोलाएको खण्डमा जुनसुकै समयमा पनि उपस्थित हुनुपर्ने बताइएको छ ।

३१ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले सबैजनालाई नियन्त्रणमा लिएर बयान लिएको थियो ।


क्लिकमान्डु