३५ सयमा कारोबार भएको अडानी इन्टरप्राइजेजको सेयर हजारमा झर्‍यो



एजेन्सी । भारतका अर्बपति गौतम अडानीबारेको रिपोर्ट सार्वजनिक भएपछि उनले निरन्तर घाटा बेहोरिरहेका छन् । उनको व्यापारिक साम्राज्यको मुख्य कम्पनी ‘अडानी इन्टरप्राइजेज’को सेयर रिपोर्ट सार्वजनिक हुनु अघि रहेको मूल्यभन्दा ७० प्रतिशतसम्म कम भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी रिचर्स कम्पनी हिडेनबर्गले सार्वजनिक गरेको रिपोर्टमा अडानीमाथि लगाइएका आरोपले अहिले भारतको संसरदेखि बजारसम्ममा हलचल मच्चिएको छ । यसैके असर अहिले अडानीको व्यापारिक कम्पनीहरुले भोग्नु परिरहेको छ ।

भारतीय सेयर बजारमा शुक्रबारमात्रै अडानी इन्टरप्राइजेजको शेयरमा ३५ प्रतिशतको गिरावट आएको छ । २५ जनवरीमा हिडेनबर्ग रिपोर्ट सार्वजनिक हुनुअघि ३५ सय भारतीय रुपैयाँ रहेको सेयर ९ दिनको अन्तरालमा ७० प्रतिशत कम भएर करिब हजार भारतीय रुपैयाँको आसपास आइपुगेको छ ।

त्यस्तै, अमेरिकी स्टक एक्स्चेन्ज ‘डाउ जोंन्स’ले पनि अडानी इन्टरप्राइजेजलाई ‘सस्टेनबिलिटी इन्डेक्स’बाट हटाएको छ ।


क्लिकमान्डु