रवि लामिछानेको सांसद पद रिक्त भएको सभामुखले सदनलाई जानकारी गराए



काठमाडौं । प्रतिनिधि सभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त रहेको जानकारी गराइएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतको फैसलापछि लामिछानेको सांसद पद रिक्त रहेको सदनलाई जानकारी गराएका हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत माघ १३ गते लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि कानुनबमोजिम निष्कृय भएको पुरानै नागरिकता प्रयोग गरी पार्टी खोलेको र चुनाव लडेको भन्दै सांसद पद खारेजीको माग गरी अदालतमा रिट दायर भएको थियो ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।


क्लिकमान्डु