काठमाडौं महानगरले फिर्ता ल्यायो १३८ रोपनी सरकारी जग्गा



काठमाडौं । काठमाडौं महानगरपालिकाले १३८ रोपनी सरकारी जग्गा फिर्ता ल्याएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहकाअनुसार महानगरले विभिन्न क्षेत्रमा अनाधिकृत रुपमा बनाइएका संरचनाहरु भत्काएर सरकारी जग्गा फिर्ता ल्याएको हो ।

‘महानगरभित्र अनाधिकृत रुपमा बनाइएका संरचना भत्काएर सरकारी जग्गा फिर्ता ल्याइएको हो,’ उनले भने, ‘यसमा महानगरभित्रका विभिन्न ठाउँका जग्गाहरु रहेका छन् । अनाधिकृत रुपमा बनेका संरचना भत्काएर सरकारी जग्गा फिर्ता ल्याइएको हो ।’


क्लिकमान्डु