सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सकिने



काठडमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सक्ने भएको छ ।

न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको सत्ता गठबन्धनको कार्यदलले शुक्रबारसम्ममा सम्पूर्ण काम सक्ने कार्यदल संयोजक विष्णु पौडेलले जानकारी दिए ।

उनले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको बताए । सरकारमा सहभागि हुने विभिन्न राजनीतिक दलहरुको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको उनले बताए ।

सो ड्राफ्टको दफावार छलफल गरी शुक्रबार(भोलि) सम्ममा सबै काम सकिने उनले बताए ।

‘सरकारमा सहभागि हुने विभिन्न दलहरुको सुझावलाई संगठित गर्दै एउटा ड्राफ्ट हामीले तयार गरेका छौँ । ड्राफ्टलाई दफावार छलफल गर्दै त्यसलाई अन्तिम रुप दिन्छौँ र त्यसलाई हामी प्रश्तुत गर्छौ । आज नै हामी टुंग्याउने तयारीमा थियौँ । ड्राफ्ट सकिइसकेको छ । त्यसमा छलफल गरेर टुंगो लगाउने कुरा थियो । आज वर्षमान पुनज्यु अलि अस्वस्थ भएर उहाँ बैठकमा आउन सक्नुभएन । त्यसले गर्दा आजको बैठकलाई हामीले भोलि ११ बजेको निम्ति सारेका छौँ । भोलि हाम्रो सबै काम सकिन्छ’ उनले भने ।


क्लिकमान्डु