पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले भने- अर्थतन्त्रमा देखिएको समस्या विज्ञसँग सुझाव लिएर समाधान गर्छु



काठमाडौं । नव नियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

उनले सोमबार पदभार ग्रहण गर्दै उनले अहिले अर्थतन्त्रमा देखिएको समस्या विज्ञसँग सुझाव लिएर समाधान गर्ने बताएका छन् ।
अर्थतन्त्रका समस्याका विषयमा विज्ञसंग छलफल गर्दै समाधान गर्ने दाबी गरे । बिग्रदो अर्थतन्त्रलाई सबैसंग संवाद र सहकार्य गरेर अहिलेको समस्या समाधान गर्ने उनको प्रतिबद्धता छ ।

‘अहिले संकटको डिलमा रहेको यो अर्थतन्त्रलाई सुरक्षित ठाँउमा फर्काउन र व्यवस्थित रुपले अघि बढाउनका लागि हामीले धेरै मेहनत गर्नुपर्ने छ’ उनले भने ‘ त्यसका लागि संसारका र आफ्नै अनुभवबाट सिक्नु पर्छ । म यो विषयमा छलफल गर्ने छु, यो समस्या कसरी आयो, समाधान गर्न के गर्न सकिन्छ भनेर संवाद गर्ने छु । समस्या पहिचान गरेर समाधान गर्ने छु । अर्थमन्त्रालका सकारात्मक प्रयासलाई सहयोग गर्न सबैसँग आग्रह गर्न चाहन्छु । अर्थ जगतका सबै पक्ष संग सहकार्य गरेर अहिले देखिएको समस्या समाधान गर्न चाहन्छु ।’

नव नियुक्त मन्त्री पौडेलले चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउन आफ्नो प्राथमिकता हुने जानकारी गराए ।

‘सबैभन्दा पहिला अर्थतन्त्रका समस्या पहिचान गर्ने मेरो प्राथमिकता हुनेछ’ उनले भने ‘त्यसपछि अर्थतन्त्रका चुनौतीहरू विज्ञका सुझावका आधारमा समाधान गरिनेछ ।’


क्लिकमान्डु