नेपालमै ‘बहान’ले बनाउँछ विद्युतीय बाइक र स्कुटर, कति पर्छ मूल्य ?



काठमाडौं । चीनबाट सामग्री ल्याएर नेपालमा एसेम्बल गरि विद्युतीय सवारी साधनको बिक्री सुरु गर्न लागेको कम्पनी ‘ग्रिन बहान’ले बजारमा पाँच किसिमका ‘टु ह्विलर्स’ उपलब्ध गराउन लागेको छ ।

कीर्तिपुरस्थित नागाउँमा एसेम्ब्लिङ प्लान्ट र सोरुमसहित सञ्चानमा रहेको बहानले तीनवटा विद्युतीय बाइक र दुई वटा विद्युतीय स्कुटरलाई बजारमा ल्याएको छ ।

कम्पनीका सहसंस्थापक सृजन राजवंशीकाअनुसारकाअनुसार बाइकमा तीन मोडलका उपलब्ध छ भने स्कुटर दुई मोडलमा उपलब्ध रहेको छ । जसमध्ये ‘होराइजन’ र ‘रोभर’ दुवै मोडलका स्कुटरमा तीन/तीन भेरियन्ट छन् । त्यस्तै, बाइकतर्फ ‘सलः’ र ‘रफ्तार’मा दुई भेरियन्ट उपलब्ध छन् भने ‘स्टालियन’मा एक भेरियन्ट उपलब्ध रहेको राजवंशी बताउँछन् ।

३ लाख ५ हजारदेखि विद्युतीय स्कुटर

‘बहान’ले हाल बजारमा पठाउन निर्माण गरेका दुई स्कुटरहरुमा तीनिहरुको क्षमताअनुसार मूल्य तोकिएको छ ।राजवंशीकाअनुसार स्कुटरको मूल्य ३ लाख ५ हजारदेखि ३ लाख ६० हजार मूल्यसम्म रहेको छ ।

हाल बहानले ‘होराइजन’ ३ हजार वाट रेटेड पावर र चार किलोवाट पिक पावर भएको स्कुटर रहेको छ ।

तीन भेरियन्ट उपलब्ध रहेको स्कुटरको न्यूनतम कुद्ने क्षमता नै सय किलोमिटर रहेको छ । त्यस्तै, अन्य भेरियन्टमा जाँदा उक्त स्कुटर १४० किमिसम्म पुग्ने बताउँछन् राजवंशी । ‘होराइजन’को मूल्य न्युनतम ३ लाख ५ हजारदेखि भेरियन्ट अनुसार केही थपघट रहेको छ ।

त्यस्तै, ‘रोभर’ मोडलको स्कुटर विशेष गरि पुरुष प्रयोगकर्तालाई ध्यानम राखेर निर्माण गरिएको छ । स्पोर्टी लुक्स र केही अग्लो रहेको उक्त स्कुटरमा पनि तीन भेरियन्टहरु उपलब्ध रहेका छन् । रोभरमा पनि होराइजनकै जस्तो ब्याट्री र क्षमता रहेको छ । रोभरको न्युनतम क्षमता १ सय २० किमि रहेको छ ।

रोभरको न्युनतम मूल्य ३ लाख ६० हजार रहेको छ ।

३ लाख ७० हजारदेखि ५ लाख ४० हजारसम्म तीन मोडलमा बाइक

‘बहान’ले स्कुटरमा जस्तै बाइकमा पनि तीन मोडल निकालेको छ । जसमध्ये स्टालियन एउटै मात्र भेरियन्टमा उपलब्ध छ भने ‘सलः’ र ‘रफ्तार’ दुई/दुई भेरियन्टमा उपलब्ध छन् ।

नेवारी भाषाबाट नाम राखिएको ‘सलः’को नेपाली अर्थ घोडा हुने बताउँछन् राजवंशी । दुई भेरियन्टमा उपलब्ध रहेको सलःको न्युनतम मूल्य ५ लाख ३० हजार रहेको छ ।

५ हजार वाट मोटर र पिक पावर ८ हजार वाटको रहेको सलः ८० एम्पियर हावर र सय एम्पियर हावर गरि दुई भेरियन्टमा उपलब्ध छ । ८० एम्पियरको भेरियन्टले फुल चार्जमा न्युनतम सय किलोमिटर कुद्छ भने सय एम्पियर हावको भेरियन्टले न्युनतम १ सय २० किमि कुद्ने गर्छ ।

त्यस्तै, दुई भेरियन्टमै उपलब्ध ‘रफ्तार’को मूल्य पनि ५ लाख ३० हजारबाट सुरु रहेको छ ८० एम्पियर हावर र सय एम्पियर हावर गरि दुई भेरियन्टमा रफ्तार उपलब्ध रहेको छ ।

एउटै मात्र भेरियन्टमा उपलब्ध ‘स्टालियन’ को पर्फमेन्स आफूले सोचेको भन्दा राम्रो भइरहेको बताउँछन् राजवंशी । उक्त मोडलको मूल्य भने ३ लाख ७० हजार वरपर रहेको उनी बताउँछन् ।

विद्युतीय बाइक तथा स्कुटरहरुमा बाइकको मूल्य नै सबैभन्दा धेरै हुनाले धेरै क्षमताको राख्दा मूल्य केही बढ्न जाने बताउँछन् सृजन । उनी भन्छन्, ‘पर्फमेन्स र लुक्स अनुसार ब्याट्री त्यहि अनुसार हाल्नु पर्छ ।’

विद्युतीय सवारी साधनमा सुरुवातमा धेरै लगानी गरेजस्तो लाग्ने भएतापनि दीर्घकालिन रुपमा त्यसमा गरेको लगानीलाई पेट्रोलियमबाट चल्ने सवारी साधनसँग तुलना गर्दा विद्युतीय सवारी साधन किफायती हुने देखिन्छ । सृजन भन्छन्, ‘पेट्रोलियम बाइकमा ३० देखि ४० किमि कुद्नु भयो भने एक लिटर पेट्रोल जान्छ । तर, हाम्रो बाइकमा चढ्दा यो दुरीको लागि ५० पैसा पनि पर्दैन । त्यसमाथि अरु मर्मतको खर्चहरु पनि हुन्छन्, जुन विद्युतीय बाइक नपर्ने भन्दा पनि हुन्छ ।’


क्लिकमान्डु