राजस्व चुहावट गर्ने मंसुर विरुद्ध मुद्दा दायर

133
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने एक जनालाई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले बारा जिल्ला करैयामाई गाउँपालिका–८, बेलाहीका सरोज मिया मंसुरलाई मुद्दा दायर गरेको हो ।

मंसुरले कात्तिक १ गते कास्की जिल्ला पोखरा महानगरपालिका– २७, तालचोक, पृथ्वी राजमार्गमा ईलाका प्रहरी कार्यालय, हंशपुर कास्कीको टोलीले सरोज मिया मंसुरको साथबाट बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएको अवस्थामा ४१३ तोला ५२ लाल चाँदीका विभिन्न किसिमका गहना र ५७ हजार नगद बरामद गरेर विभागमा पेश गरेको ।

अनुसन्धानका क्रममा राजस्व चुहावटको कसुर गरेको पुष्टि भएको बताइएको छ । विभागले मंसुरलाई ५ लाख ४४ हजार ८७५ रूपैयाँ कायम गरी मुद्दा दायर गरेको जनाएको छ ।