छोटो समयमै कतार कसरी बन्यो यति धनी देश ?



एजेन्सी । अहिले कतारको दोहामा विश्वकप फुटबल चलिरहेको छ । विश्वका सबै मानिसहरुको ध्यान खाडी मुलुक कतारमा छ । एक शताब्दी पहिले अर्थात् सन् १९२२ मा १२ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कतार व्यवहारिकरुपमा बस्नका लागि योग्य ठाउँ मानिएको थिएन । त्यहाँ बस्ने अधिकांश मानिसहरु माछा मार्ने र मोती टिप्नेहरु थिए । त्यसबेला अरेबियामा खानसमेत निकै गाह्रो थियो ।

कतारले सन् १९३० देखि १९४० सम्ममा ठूलो आर्थिक संकट भोगेको थियो । त्यसबेला जापानका मानिसहरुले मोतीको खेती र त्यसको व्यापाक उत्पादन सुरु गरेका थिए । त्यसपछि कतारको अर्थ व्यवस्थामा सुधार आएको थियो । आर्थिक संकटकै अवधिमा कतारबाट करिब ३० हजार मानिस पलायन भए ।

संयुक्त राष्ट्र संघअनुसार त्यस अवधिमा मानिसको संख्या घटेर २४ हजारमा सिमित भएको थियो । तर, कतारको अर्थ व्यवस्थामा यु टर्न आयो । त्यसपछि कतार विश्वकै सबैभन्दा बढी तेल उत्पादन गर्ने देशमा स्थापित हुन थाल्यो ।

२०औं शताब्दीको मध्यमतिर कतारको तेल उत्पादन बढ्न थाल्यो । तेल उत्पादन वृद्धि भएसँगै कतार विश्वकै तेल उत्पादनको देशको रुपमा स्थापित भयो ।

सन् १९३९ मा कतारले पहिलो पटक तेलको भण्डार खोज्यो । त्यसलाई कतारको ब्ल्याक गोल्डको नाम दिइएको थियो । सो बेलासम्म कतार अंग्रेजीहरुको नियन्त्रणमा थियो ।

कतारले तेल निर्यातमा ठूलो हिस्सा ओगट्न थाल्यो । साथै, तेल उत्पादनका लागि विभिन्न प्रविधि र विविधिकरणको प्रयोग हुन थाल्यो ।

कतारमा तेल उत्पादनसँगै निर्यात बढ्न थालेपछि प्रवासी नागरिकहरु देशमा आउन थाले । जसले गर्दा कतारमा बस्ने मानिसको जनसंख्या बढ्न थाल्यो । सन् १९५० मा कतारको जनसंख्या २५ हजारभन्दा पनि कम थियो । तर, सन् १९७० सम्म आइपुग्दा प्रवासीहरु भित्रिएर १ लाखभन्दा बढी जनसंख्या पुग्यो ।

जुन देशलाई माछा मार्ने र मोती टिप्ने भनेर चिनिन्थ्यो, त्यहाँको कुल ग्राहस्थ उत्पादन सन् १९७० मा ३ सय मिलियन अमेरिकी डलरभन्दा बढी भयो । त्यसको एक वर्षपछि ब्रिटिश शासनको अन्त्य भयो । ब्रिटिश शासन अन्त्य भएसँगै कतार एक स्वतन्त्र देश बन्यो ।

सन् १९७१ मा इन्जिनियरहरुले कतारको पूर्वउत्तर तटबाट निकै टाढा उत्तर क्षेत्रमा ठूलो प्राकृतिक ग्यास रिजर्भको खोज गर्यो । खोज गरेको १४ वर्ष पछि मात्रै प्राकृतिक ग्यास क्षेत्रमा विश्वकै ठूलो देश हो भनेर थाहा पाए ।

प्राकृतिक ग्यास उत्पादन हुने क्षेत्रफल लगभग ६ हजार वर्गकिलोमिटरमा फैलिएको थियो । जुन कतारको क्षेत्रफलको आधा हिस्सा हो ।

त्यस्तै, कतारले २१औं शताब्दीमा कुल ग्राहस्थ उत्पादनमा छलाङ मारेको छ । सन् २००३ र २००४ मा कतारको जीडीपी दर ३.७ प्रतिशतबाट बढेर १९.२ प्रतिशत पुग्यो । त्यसपछि सन् २००६ मा पुनः बढेर २६.२ प्रतिशत पुग्यो ।

सन् २०२१ मा कतारको न्यूनतम प्रति व्यक्ति आम्दानी ६१ हजार २७६ अमेरिकी डलर पुगेको छ । कतारको प्रतिव्यक्ति आम्दानी ६२ हजार बढी अमेरिकी डलर पुग्नुमा कम जनसंख्या एउटा पनि कारण हो । अहिले कतारको जनसंख्या ३ लाखदेखि साढे ३ लाखको हाराहारीमा छ । त्यसमध्ये पनि अधिकांश प्रवासी नागरिक छन् ।

कतार सरकारले शिक्षासँगै उच्च स्तरको स्वास्थ्य सुविधा दिँदै आएको छ । यद्यपी केही वर्ष अगाडि कतारको अर्थ व्यवस्थामा नोक्सान पनि भएको छ । साथै, अर्थतन्त्र मन्दीतर्फ धकेलियो । आगामी दिनमा यसका निकै चुनौती छ । इन्धनमा आत्मनिर्भर भएको देश वर्तमान अवस्थामा जलवायु परिवर्तनको समस्या भोगिरहेको छ ।

कतारमा एक राजनीतिक विवादपछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले २०१७ देखि २०२१ सम्ममा नाकाबन्दी गरेको थियो । जसले गर्दा कतारको अर्थतन्त्रमा नोक्सान भएको थियो ।

कतारले विश्वकप फुटबल आयोजनाका लागि २ लाख मिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरेको छ । जुन विश्वका हालसम्मकै ठूलो स्टेडियम निर्माण गरेको छ । कतारले ८ वटा स्टेडियम, एक नयाँ विमानस्थल र एउटा मेट्रोलाइन जस्ता पूर्वाधार निर्माण गरेको छ ।


क्लिकमान्डु