एमालेकी निरुदेवी पाललाई भारी मतले हराउँदै निर्वाचित भए कांग्रेसका लेखक



काठमाडौं । आइतबार भएको प्रतिनिधिसभाको निवार्चनमा कञ्चनपुर–३ बाट नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार रहेको कांग्रेसका लेखकले ३० हजार ५२३ मत पाएका छन् ।

उनकी निकटतम् प्रतिस्पर्धी रहेकी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाएकी छिन् ।

कुल ९७ हजार ७२२ मत खसेको यो क्षेत्रमा लेखक र पालबीच १२ हजार ७७ मतको अन्तर देखिएको छ ।


क्लिकमान्डु