यस्तो छ काठमाडौं १० मा ह्याट्रिक जित गरेका राजेन्द्र केसीको राजनीतिक यात्रा



काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् ।

छौँसठ्ठी वर्षीय उहाँ बिना गठबन्धन यस क्षेत्रबाट तेस्रो पटक विजयी भएका हुन् । चौध हजार चार सय ५८ मतसहित विजयी हुनुभएका केसीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमेस केसीलाई २ हजार ६ सय ७२ मततान्तरले पछि पारे ।

उनले भने “मैले यसअघि गरेको राम्रो कामले मतदाताको विश्वास जितेका कारण तेस्रो पटक पनि विजयी भएको छु । आममतदाताप्रति यो विश्वासका लागि धन्यवाद दिन चाहन्छु । म निष्पक्ष र निष्कलङ्क भएर काम गर्न चाहन्छु ।”

लामो समय राजनीतिक एजेन्डामा काम गरेको र अब आर्थिक विकासका लागि काम गर्ने केसीले बताए, “मुलुकको एजेन्डा आर्थिक विकास हो । समृद्धको यात्रा नै मेरो एजेन्डा हो ।”

कीर्तिपुर ६, चोभारको स्थायी बासिन्दा उनले संविधानसभा सदस्यको निर्वाचन २०७० देखि संसदीय यात्रा सुरु गर्नुभएकामा पहिलो पटक काठमाडौँ १० बाट नै निर्वाचित भएकाा थिए।

केसी दोस्रो पटक ०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनाका साथै सोही वर्ष युवा तथा खेलकुदमन्त्री बनेका थिए।

दोस्रो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर चर्चामा आउनुभएका केसी पहिलो संविधानसभा सदस्यको निर्वाचनमा प्रचण्डसँगै पारजित भएका थियो ।

स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको उनको राजनीतिक यात्रा भने विसं २०३० देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको हो ।

विसं २०४६ देखि पार्टीगत राजनीतिमा सक्रिय हँदै केसी २०५१ र ०५६ सालमा कांग्रेसको क्षेत्रीय सभापति बनेका थिए । चार पटकसम्म कांग्रेस महासमिति सदस्य रहेका उनी कृषि चुन उद्योगको बोर्ड अफ डाइरेक्टर, हिमाल सिमेन्टको बोर्ड सदस्य र ल्याबोरेटरी विद्यालयको सञ्चालक समितिमा आबद्ध भएका थिए ।


क्लिकमान्डु