रसुवामा कांग्रेसका मोहन आचार्य निर्वाचित



काठमाडौं । प्रतिनिधि सभा सदस्यमा रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई दोब्बरबढी मत अन्तरले पराजित गरेका हुन् ।
आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए ।

उनी २०७४ मा पनि रसुवाबाट निर्वाचित भएका थिए ।


क्लिकमान्डु