मोरङ-५ मा स्वतन्त्र उम्मेदवार अगाडि, माओवादी केन्द्र तेस्रो स्थानमा



काठमाडौं । आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनपछि हाल भइरहेको मतगणनामा मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म गणना भएको १२ हजार ४११ मतमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिएका हुन् ।

मण्डलले हालसम्म ३ हजार ६९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सो क्षेत्रमा दोस्रो सथनमा जसपाका उम्मेदवार रहेका छन् । जसपाका राजकुमार यादव ३ हजार २९४ मतसहित दोस्रो स्थानमा देखिएका छन् ।

त्यस्तै, तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल रहेका छन् । उनले हालसम्म ३ हजार १२२ मत प्राप्त गरेका छन् ।

हाल देशैभर मतगणना भइरहेको छ ।


क्लिकमान्डु