झापा-३ मा राप्रपाको अग्रता, दोस्रोमा कांग्रेस



काठमाडौं । आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनपछि हाल भइरहेको मतगणनामा झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता लिएको छ । उक्त क्षेत्रमा राप्रपाका तर्फबाट उम्मेदवार रहेका राजेन्द्र लिङ्देनले हाल अग्रता लिएका छन् ।

हालसम्म उक्त क्षेत्रमा ९ हजार १२ मत गणना भएको छ । जसमध्ये लिङ्देनले ४ हजार ७३९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, लिङ्देलनलाई नेपाली कांग्रेसका कृष्ण सिटौलाले पछ्याइरहेका छन् । उनले हालसम्म भएको मतगणनामा ३ हजार ३४२ मत प्राप्त गरेका छन् ।

हाल देशैभर मतगणना भइरहेको छ ।


क्लिकमान्डु