भक्तपुर–२ मा एमालेका महेशले लिए अग्रता
काठमाडौं । भक्तपुर– २ मतगणना सुरु भए यता कायम रहेको प्रारम्भिक अवस्थालाई तोड्दै नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् ।
आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनपछि भइरहेको मतगणनामा भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा अघि देखिएका थिए । तर, सोमबार साँझको मत परिणाममा भने एमालेका बस्नेतले अग्रता लिएका छन् ।
साँझसम्म भएको गणनामा एमालेका बस्नेतको ६ हजार ८२४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । दोस्रो स्थानमा रहेका थापाले हाल ६ हजार ४८४ मत प्राप्त गरेका छन् ।
हाल देशैभर आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना भइरहेको छ ।