बागलुङ-१ : राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, पछि पछि एमाले



काठमाडौं । आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनपछि भइरहेको मतगणनामा बागलुङको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका खिमानन्द कँडेल हालसम्म भएको मतगणनामा अग्र स्थानमा देखिएका छन् ।

कँडेलले हालसम्म भएको मतगणनामा २५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कँडेलसँग झिनो मतान्तरसहित एमालेका उम्मेदवार सूर्य प्रसाद पाठक दोस्रो स्थानमा देखिएका छन् । उनले हालसम्मको मतगणनामा २४६ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी रहेका छन् । उनले हालसम्म १५७ मत प्राप्त गरेका छन् ।

हाल देशैभरका विभिन्न स्थानमा आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि मतगणना भइरहेको छ ।


क्लिकमान्डु