मोरङ-४ : माओवादी केन्द्रका मोदीको अग्रता, पछ्याउँदै एमालेका ढकाल
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि भइरहेको मतगणनामा मोरङको निर्वाचन क्षेत्र ४ मा माओवादी केन्द्रले अग्रता लिएको छ । गठबन्धनका उम्मेदवार रहेका माओवादी केन्द्रका अमनलाल मोदीले ११४७ मतसहित सुरुवाती अग्रता लिएका छन् ।
हालसम्म मोरङ–४ मा २१ सय ४० मत गणना भइसकेको छ । जसमा माओवादी केन्द्रले अग्रता लिएको हो ।
हालसम्म भएको मतगणनामा दोस्रो स्थानमा एमाले देखिएको छ । एमालेका विनोद ढकाल ३२९ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
हाल देशैभरका विभिन्न स्थानमा आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि मतगणना भइरहेको छ ।