मतदान गर्न सुत्केरीदेखि १०७ वर्षीय वृद्धसम्म (फोटो फिचर)



काठमाडौं । आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान जारी छ । मतदानका लागि युवादेखि वृद्धसम्मको सहभागीता उल्लेख्य रहेको छ ।

अहिलेसम्म देशका केही स्थानमा छिटफुट घटना भएपनि अधिकांश स्थानमा शान्त वातावरणमा मतदान भइरहेको छ ।

मतदानमा युवादेखि वृद्धवृद्धा समेतको सहभागी रहेको छ । म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गरेका छन् । उनले मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए ।

अन्य जिल्लामा पनि वृद्धहरुले मतदान गरिरहेका छन् । यस्तै साना दुधे बालकका आमाले समेत मतदान गरिरहेका छन् । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।

निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ।


क्लिकमान्डु