निगमको काठमाडौं-दिल्ली उडान कटौतिपछि दोस्रो भारतीय कम्पनीको उडान थप



काठमाडौं । भिस्तारा एयरले काठमाडौं-दिल्ली तर्फ दैनिक दुई उडान गर्ने भएको छ । हाल, काठमाडौं-दिल्लीतर्फ हरेक दिन बेलुका ५ बजे उडान गरिरहेको कम्पनीले बुधबार देखि बिहान समेत उडान गर्ने लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि लागु हुने गरी भिस्तारालाई काठमाडौं-दिल्ली सेक्टरमा बिहान ८र१० मा समेत उडान गर्न अनुमति दिएको छ ।

प्राधिकरणले नेपाल वायु सेवा निगमको काठमाडौं-दिल्ली तर्फ उडान कटौति गरेपछि दोस्रो भारतिय वायु सेवा कम्पनीको उडान थप गरेको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निगमको काठमाडौं–दिल्ली उडान कटौति गरेलगत्तै भारतीय वायु सेवा कम्पनी इन्डिगोलाई काठमाडौं-दिल्ली सेक्टरमा दैनिक एक उडान थप गर्ने निर्णय गरेका थिए ।

इन्डिगोले हाल काठमाडौं दिल्लीतर्फ दैनिक तीन उडान गर्ने गर्छ । यस्तै, अर्को भारतिय वायुसेवा कम्पनी एयर इण्डियाले पनि काठमाडौं–दिल्ली तर्पm दैनिक २ उडान गर्ने गरेको छ ।

भिस्ताराको उडान थपपछि काठमाडौं-दिल्ली सेक्टरमा भारतिय वायुसेवा कम्पनीले सातामा ४२ उडान गर्दा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले १० वटा मात्रै उडान गर्ने गरेको छ ।

प्राधिकरणले निगमलाई भैरहवाबाट विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्न निर्देशन दिँदै गत कात्तिक १३ गतेबाट लागु काठमाडौं–दिल्ली सेक्टरको उडान कटौति गरेको थियो ।

प्राधिरकरणको निर्णयपछि काठमाडौं-दिल्ली तर्पm सातामा १४ उडान गर्दै आएको निगमले हाल सातामा १० उडान गर्ने गरेको छ ।

उडान कटौति हुन भन्दा अगाडी निगमको वाइडबडी र न्यारोबडीले दैनिक काठमाडौं दिल्ली सेक्टरमा एउटारएउटा उडान गर्दै आएका थियो।

तर, अहिले निगमको वाइडबडी विमानले शनिबार र सोमबार दिल्ली उडान गर्दैन । त्यसैगरी, न्यारोबडी विमानले बुधबार र शुक्रबार दिल्ली उडान गर्दैन ।

बढी यात्रु पाइने सिजनमा प्राधिकरणका महानिर्देशक अधिकारीले निगमको ४ वटा उडान कटौति गरेपछि निगमले सातामा ४ करोड रुपैयाँ आम्दानी गुमाइरहेको निगमका उच्च अधिकारीहरु बताउँछन् ।

हाल नेपाल वायु सेवा निगमले उडान कटौति हुनुको साथैं काठमाडौं दिल्ली सेक्टरमा यात्रुको चाप बढेपछि काठमाडौं दिल्लीको भाडा ५४ हजार रुपैयाँ सम्म पुगेको छ ।

नेपालबाट क्यान्सर लगायतका जटिल रोगका लागि दिल्लीको यात्रा गर्नु पर्ने व्यक्तिहरु भाडादर महँगो हुँदा मारमा परेका छन् ।

भिस्तारा र इन्डिगोले सातामा १४ उडान थप गर्दासमेत टिकटको मूल्य घट्न सकेको छैन ।

निगमले ९ हजार रुपैयाँदेखि टिकट बिक्री गर्ने भएकाले विदेशी वायु सेवा कम्पनी समेत सस्तो मुल्यमा टिकट बिक्री गर्न बाध्य थिए । तर, पछिल्लो समय निगमको उडान कटौतिपछि विदेशी कम्पनीले टिकटको मूल्य बढाएका हुन ।


क्लिकमान्डु