इन्भेष्ट इण्डियाः भारतमा अर्बौंको लगानी ल्याइरहेको सरकारी निकाय



एजेन्सी । भारतको सरकारी लगानी प्रवर्धन निकाय (आइपीए) इन्भेस्ट इण्डियाका कार्यकारी अध्यक्ष दिपक बाग्ला अहिले निकै व्यस्त छन् ।

आईपीएका वैश्विक निकाय ‘वर्ल्ड एसोसिएसन अफ इन्भेष्टमेन्ट प्रमोसन एजेन्सीज (वाइपा)’को अध्यक्षता बाहेक इन्भेष्ट इण्डियाले अन्य देशहरुलाई पनि विदेशी लगानी कसरी आकर्षित गर्ने भन्ने सल्लाह दिएर सहायता गरिरहेको छ । तर, यस्तो कुनै कारण बिना भइरहेको छैन ।

हाललाई केही संख्याहरुलाई हेरौं– इन्भेष्ट इण्डियालाई पुनः संरचना दिने र सशक्त बनाएको करिब ६ वर्ष जतिको समयमात्रै हुँदा (यसको सुरुवात २००९ मा भएको थियो) इन्भेष्ट इण्डियाले ४ लाख ५० हजार जागिर सिर्जना गर्ने, ८१ हजारभन्दा धेरै स्टार्टअपलाई सहायता दिने, १७४ देशबाट आएका ३ लाखभन्दा धेरै जिज्ञाशालाई समाधान गर्ने र १ हजार ३२३ लगानीका कार्यक्रमहरुमा समन्वयन गर्ने काम गरेको छ ।

र, सँगै बाग्ला र उनको अधिकांश युवा पुस्ता भएको टिम (जसमा औसतमा २९ वर्षकाहरु छन्)को उर्जालाई हेर्दा यो केवल सुरुवात जस्तो लाग्छ ।

भारतले आर्थिक वर्ष २०२२ मा हालसम्मकै रेकर्ड राख्ने ८५ बिलियन अमेरिकी डलरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याएको छ । जबकी यो समयमा कोभिड महामारीको प्रभावले अर्थतन्त्रमा नकारात्मक असर पारेको थियो । र, यसको लक्ष्य तीव्र रुपमा थप बढिरहेको छ ।

इन्भेष्ट इण्डियाको रणनीति विदेशी लगानीकर्ताहरुलाई आक्रामक रुपमा आकर्षित गर्ने, देशलाई रुचाईएको लगानी गन्तव्यको रुपमा दखाउने र त्यसपछि सबै स्वीकृतिहरु लिएर त्यसलाई सुरक्षित गरेर प्रत्येक पाइलामा भएको प्रगतिलाई निगरानीमा राख्दै लगानीकर्तालाई स्थापित र उनीहरुको लगानीलाई सुनिश्चित गराउने रहेको छ ।

यो प्रक्रियामा इन्भेष्ट इण्डियाले राज्य सरकार र केन्द्र सरकारका सम्बन्धित विभागहरुसँग सम्पर्क गरिरहन्छ । र बाग्लाले भनेजस्तै, ‘फरक फरक बिन्दुहरु जोडिँदै आउँछन् ।’

उद्योगपति आनन्द महिन्द्राले इन्भेष्ट इण्डियालाई ‘सामाजिक युनिकर्न’ (युनिकर्नको अर्थ सेयर मार्केटमा सूचीकृत नभई १ बिलियन अमेरिकी डलरको मूल्यमा पुगेको कम्पनी) भन्ने गरेकोमा आश्चर्य मान्नुपर्दैन् । तर, यसमा इन्भेष्ट इण्डियामा बिलियन डलरको भ्यालुएसन नभएर यसले बिलियनको संख्यामा मानिसहरुलाई प्रभाव पारेको छ ।

इन्भेष्ट इण्डियाको रणनीति र काम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतलाई विश्वको सबैभन्दा सुरक्षित र लगानीकर्ताहरुले रुचाउने गन्तव्य बनाउने दृष्टिकोणसँग मेल खान्छ ।

बाग्लाले उदृत गरेअनुसार प्रधानमन्त्री मोदी रातो ‘टेप’लाई बढाएर रातो ‘कार्पेट’ बनाउने लक्ष्य लिइरहेका छन् । बाग्ला भन्छन्, ‘उनले भनेको रातो कार्पेट यहि हो ।’

लगानीलाई सहज बनाउनका लागि इन्भेष्ट इण्डियाको पुनसंरचित सेयर साझेदारीमा एफआईसीसीआई, नास्सकम र सीआईआईजस्ता उद्योग च्याम्बरहरुसँग प्रति च्याम्बर १७ प्रतिशत र २३ राज्यहरुको संयुक्त रुपमा ११.५ प्रतिशत साझेदारी राखेका छन् ।

इन्भेष्ट इण्डियाले भारत सरकारको ‘स्टार्टअप इन्डिया इनीसीएटीभ’लाई पनि पहल गर्छ, जुन अहिले विश्वमै तेस्रो स्टार्टअप इकोसिस्टम बनिसकेको छ । भारतले आगामी २५ लक्ष्य लिएर अघि बढ्दै गर्दा आगामी दिनहरुमा इन्भेष्ट इण्डियाले थप महत्वपूर्ण भूमिका खेल्ने छ ।

केही वर्षअघिसम्मको अवस्थालाई नियाल्ने हो भने भारतमा वैदेशिक लगानीको वातावरणको पक्षमा सहज अवस्था थिएन । तर, इन्भेष्ट इण्डियाले यस्तो वातावरणलाई सहज बनाउने काम गरिरहेको छ । कार्यकारी अध्यक्ष बाग्ला भन्छन्, ‘हरेक देशमा हुने खर्च लगभग उस्तै हुन्छ । तर, लगानी कुन देशमा गर्ने भन्ने निर्णय गर्नका लागि लगानीकर्ताहरुलाई त्यहाँको सहज वातावरण र सजिलो प्रक्रियाले पनि सहायता गर्छ ।’

सन् २०२० डिसेमबर १९ मा भारतीय प्रधानमन्त्री मोदीले इन्भेष्ट इण्डियालाई लेखेको पत्रमा भनेका छन्, ‘पछिल्ला केही वर्षहरुमा भारतले रेकर्ड राख्नेगरि एफडीआई ल्याएको छ र लाखौं रोजगारी सिर्जना गरेको छ । यो यात्रामा भारत सरकारको स्टार्टअप इन्भेष्ट इण्डियाले उत्कृष्ट प्रतिभा, सिर्जनशीलता र जोसलाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । हाम्रो प्रणालीहरुलाई जीवन्त र लचिलो बनाउँदा असीमित अवसरहरुका लागि मार्गहरु खुलेका छन् ।’

भारतमा आर्थिक वर्ष २०२२ मा आएको वैदेशिक लगानी २०२१ को भन्दा ३.५ प्रतिशतले धेरै हो । भारतमा अहिले आइरहेको दरको प्रत्यक्ष वैदेशिक लगानीलाई तुलना गर्दा यो पछिल्लो एक दशकमा दोब्बरभन्दा धेरै भएको देखिन्छ ।

‘आगामी २५ वर्षमा सन् २०४७ सम्मको समयमा भारतीय अर्थतन्त्र १० गुणा पुग्नेछ’, भारतको संघीय बाणिज्य र उद्योगमन्त्री पियुष गोयलले भनेका छन्, ‘राजनीतिक स्थिरता, उच्च प्रतिस्पर्धात्मकता, सामूहिक प्रयास र विकासशील आर्थिक प्रणालीले भारत विश्वको आर्थिक शक्ति बन्नेछ ।’

र, यसका लागि वैदेशिक लगानी पनि उत्तिकै आवश्यक भएकाले त्यसलाई देशमा आकर्षित गर्नका लागि इन्भेष्ट इण्डियाले महत्वपूर्ण भूमिका खेलिरहेको बताइन्छ ।

४११ जना कर्मचारी रहेको इन्भेष्ट इण्डियामा मुख्यगरि महिला कर्मचारीहरु छन्, जसको उमेर युवावस्ता छ। इन्भेष्ट इण्डियाले लगानीसँग सम्बन्धित सानोभन्दा सानो जिज्ञाशा र विषयलाई पनि बृहत रुपमा हेर्नेगर्छ । २००९ मा स्थापना भएको उक्त निकायमा २०१५ मा बाग्लाको प्रवेशपछि झन् यसले बृहत रुप लिएको थियो ।

राज्य सरकारहरु इन्भेष्ट इण्डियामा सेयर साझेदारीमा आउनुअघि अवस्था अहिलेको जस्तो थिएन् । तर, जब राज्य सरकारहरुले यसमा लगानी गर्न थाले, तब वैदेशिक लगानीका लागि आवश्यक ढोका सहज रुपमा खुल्न थाल्यो ।

वैदेशिक लगानी कुन क्षेत्रमा गर्ने, कसरी गर्ने र त्यसका लागि आवश्यक प्रक्रियाहरुको विषयमा पनि राज्य सरकार र केन्द्र सरकारसँग सहज रुपमा समन्वयमार्फत काम गर्ने वातावरण पाएसँगै इन्भेष्ट इण्डियाको प्रभाव र यसले गर्ने कामले थप सफलता पाउन थालेको हो ।

एयरपोर्टमा सहायता गर्नेदेखि सरकारी निकायमा आवश्यक प्रक्रियामा सहज वातावरण बनाउनेसम्मको काममा वैदेशिक लगानीकर्ताहरुलाई इन्भेष्ट इण्डियाले आकर्षित गरिरहेको छ ।

इन्भेष्ट इण्डियाको कामले भारतमा वैदेशिक लगानी र नयाँ उद्यमको सुरुवतमा उच्च सहायता मात्रै नभएर भारतमै भएका स्टार्टअपहरुलाई पनि विश्वस्तरमा चिनाउन सहायता गरेको छ ।

२०२१ मा जब विश्व नै कोभिड महामारीबाट गुज्रिरहेको थियो, तबबाट भारतमा बिलियन अमेरिकी डलर भ्यालुएसन भएका युनिकर्न स्टार्टअपहरुको संख्या दोब्बर भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले गत अक्टोबरमा गरेको एक घोषणामा २०२१ यता भारतमा स्टार्टअपहरु युनिकर्न हुने संख्या दोब्बर भएको बताएका थिए । र यसमा यी स्टार्टअपहरुमा वैदेशिक लगानी आकर्षित गर्नमा इन्भेष्ट इण्डियाको बृहत भूमिका रहेको छ ।

बिजनेस टुडे


क्लिकमान्डु