पोखराबाट भारतका तीन शहरमा उडान गर्ने बुद्ध एयरको योजना



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले भारतको तीन शहरमा नियमित उडान गर्ने योजना बनाएको छ ।

कम्पनीले विमानस्थल सञ्चालन भएपछि पुस दोस्रो साताबाट भारतको बनारस, दिल्ली र देहरादुनमा व्यवसायिक उडान गर्ने योजना बनाएको हो ।

सोमबार सार्वजनिक व्यवसायिक योजना अनुसार कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै साताको तीन दिन आइतबार, मंगलबार र बिहिबार पोखरा–बनारस–पोखरा उडान गर्ने जनाएको छ ।

यस्तै, एयर ट्राफिक सिर्भिस रुटको विषयमा नेपाल सरकार र भारत सरकार बीच सहमति भएर स्लट स्वीकृत भए साताको दुई दिन पोखरा–दिल्ली–पोखरा र तीन दिन पोखरा–देहरादुन–पोखरा उडान गर्ने कम्पनीले जनाएको छ ।

हाल बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा तीन दिन बनासर उडान गर्दै आएको छ ।


क्लिकमान्डु