सानिमा बैंकको शाखा काठमाडौंकाे सितापाइलामा



काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको सितापाइलामा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेलले अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए ।

प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा एटिएमहरु संचालनमा रहेका छन् ।


क्लिकमान्डु