डिजिटल करेन्सीको बारेमा विदेशी तालिम केन्द्रहरुसँग सम्झौता गर्न सचिव कर्णको निर्देशन



काठमाडौं । अर्थ सचिव कृष्णहरि कर्णले डिजिटल करेन्सीको बारेमा विदेशी तालिम केन्द्रहरुसँग सम्झौता गर्न निर्देशन दिएका छन् ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको ४४ औं निर्देशक समितिको बैठकमा सचिव कर्णले यस्तो निर्देशन दिएका हुन् ।

उनले वित्त व्यवस्थापनका समसामयिक विषयका गोष्ठी चलाउन, डिजिटल करेन्सीको बारेमा अल्पकालीन तालिमहरू प्रदान गर्न, विदेशी तालिम केन्द्रहरूसँग सम्झौता गर्न निर्देशन दिएका छन् ।

बैठकमा महालेखा नियन्त्रक हरि प्रसाद मैनालीले स्थानीय स्तरमा रहने जनशक्तिलाई पर्याप्त तालिमको अभाव भएको, समग्र वित्तीय व्यवस्थापनमा असर परेको भन्दै सो लाई सम्बोधन गर्ने गरी तालिमका कार्यक्रम अघि बढाउन सुझाब तथा निर्देशन दिए ।

राजस्व सचिव रामेश्वर दंगालले अत्याधुनिक भवन, राम्रा प्रशिक्षकहरू रहेको तालिम केन्द्रले बढी नतिजा निकाल्ने गरी कार्य गर्न, सेवाकालीन तालिम बढी सैद्धान्तिक भएपनि अल्पकालीन तालिमलाई बढी व्यावहारिक बनाउन, भौतिक कक्षा सञ्चालन बढी गर्न र स्रोतसाधनले सम्पन्न भवनलाई व्यवस्थित बनाउन निर्देशन दिए।


क्लिकमान्डु