रुसमाथि पश्चिमा देश थप कठोर, रुसी तेलको मूल्य तोक्न जी सेभन गठबन्धन सहमत



एजेन्सी । सात धनी देशको संगठन जी सेभन र अष्ट्रेलिया रुसी तेलको निश्चित मूल्य तोक्न सहमत भएका छन् ।

ठूलो अर्थतन्त्र भएका पश्चिमा देशहरुले डिसेम्बर ५ देखि रुसबाट फरकफरक मूल्यमा कच्चा तेल खरिद गर्नुभन्दा एउटै मूल्यमा खरिद गर्ने गरी मूल्य निर्धारण गर्ने सहमति गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

पछिल्लो केही साता अमेरिका र जी सेभन राष्ट्रका अधिकारीले रुसी तेलको निश्चित मूल्य तोक्नु विषयमा गम्भीर वार्ता गरेका थिए ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका र युरोपेली युनियनले रुसमाथि लगाएको प्रतिबन्ध थप कडाइ गर्न जी सेभन राष्ट्रले रुसी तेलको मूल्य तोकेका हुन् ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सदस्य रहेको जी सेभन समुहले पेट्रोलियम पदार्थको बिक्रीबाट रसियाले गरिरहेको आम्दानी घटाउन रुसी तेलको निश्चिम मूल्य तोक्ने तयारी गरेका हुन् ।


क्लिकमान्डु